ओरालो लाग्यो सुनको भाउ



न्युज अफ नेपाल, काठमाडौं । सुनको भाउ मंगलबार दुई सयले घटेको छ । सोमवार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलवार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको बहासंघले जनएको छ ।

सोमवार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको चाँदी भने मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्