नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

दुई देशीय व्यापारसम्बन्धी नेपाल(बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल याक एण्ड यतीमा मंगलबार बिहानबाट बैठक सुरु भएको बैठक बुधबारसम्म चल्ने जनाइएको छ ।

बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी छ ।

यस्तै बंगलादेशको तर्फबाट बंगलादेशको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वको सात सदस्यीय टोली सहभागी छ ।

दुई दिने बैठकमा नेपालले बंगलादेशसँग सात एजेण्डाका १४ बुँदामा छलफल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्