सम्पत्ति शुद्धीकरणबारे सरकारी अधिकारी तालिम



नेपाल समाचारपत्र, काठमाडौं।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे सोमबारबाट भारतमा प्रशिक्षण शुरू भएको छ।

नेपाल सरकारका १८ अधिकारीको दोस्रो समूहले भारतको बेंगलुरस्थित नेसनल एकेडेमी अफ कस्टम, इनडाइरेक्ट ट्याक्सिज् एन्ड नर्कोटिक्स (एनएसीआइएन) मा सोमबारदेखि प्रशिक्षण शुरू गरेका हुन्।

नेपाल सरकारका विभिन्न निकायको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ।

भारत सरकारको सहयोगमा शुरू भएको यस प्रशिक्षण भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत समावेश रहेको छ।

२० नेपाली अधिकारीको पहिलो समूहले २०७६ भदौ ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए। २१ नेपाली अधिकारीको तेस्रो समूहले यही मंसिर–पुस महिनादेखि प्रशिक्षण शुरू गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्