जितसँगैं रायना अन्तिम १६ मा



नेपाल समाचारपत्र, काठमाडौं।नेपालकी रायना शाहले एसियाली यू–१४ र्याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार अन्तिम १६ मा पुगेकी छन्।नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगितामा रायनाले पहिलो खेलमै जित्दै अर्को चरणको यात्रा तय गरेकी हुन्।

उनले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा हराएकी थिइन्। सो स्पर्धामा अन्य नेपाली खेलाडी भने पराजित भएका छन्। श्रेया भट्टराई भारतकी कात्यानी बशिष्ठसँग ६–३ र ६–४ ले, समृद्धि सेढाईं भारतकी युम्नाम थोइबीसँग ६–१ र ६–१ तथा प्रशंसा मोक्तान भारतकी जान्भी असावासँग ६–१ र ६–० को सीधा सेटमा हारेका थिए।

ब्वाइज सिंगल्समा भने नेपाली खेलाडीले अन्तिम १६ मा स्थान सुरक्षित गरे। जसमा सरोज तामाङ, सृजन भट्टराई, सौगात विक, निहाल जंगबहादुर थापा, आयुशमान हजुर घले, सक्षमविक्रम शाह र राजवीर प्रधान रहेका छन्।

यसैगरी गल्र्स डबल्समा भने समृद्धि महर्जन र आध्या पौड्यालको जोडीले नेपालकी समृद्धि र भारतकी कात्यानीको जोडीलाई ७–६(८) र ६–२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो।

ब्वाइज डबल्सतर्फ नेपालका साश्वत वज्राचार्य र स्विट्जरल्यान्डका चार्ली, भारतका देव मेहता र नेपालका सरोज तामाङ तथा नेपालका सौगात विक र भारतका मनुराजको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै अन्तिम आठमा पुगे।

नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले उदघाटन गरिएको प्रतियोगितामा नेपाल, भारत, जापान र मलेसिायबाट ४७ खेलाडी सहभागी छन्। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्