सन्दीपको मूल्य १ लाख पाउन्ड



नेपाल समाचारपत्र, काठमाडौं।नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेको अर्को यात्रा शुरु हुने भएको छ। लन्डनमा हुने नयाँ प्रतियोगिता द हन्डे«ड को ड्राफ्टमा १९ वर्षीय सन्दीप समेटिएका छन्।

उनलाई सो प्रतियोगितामा सहभागि हुने टोली ओभल इन्भिन्सिबल्सले १ लाख पाउन्डमा अनुबन्ध गरेको हो। आगामी जुलाईमा हुने उक्त प्रतियोगितामा १ सय बलको बलिङ हुनेछ।

उक्त प्रतियोगितामा समावेश भएपछि सन्दीपले ट्वीटमा खुशी जाहेर गरेका थिए। उनले लेखेका थिए —नेपाल र नेपाली जनताका लागि आज अर्को सपना साँचो भएको छ।

द हन्डे«का लागि ओभलइन्भिन्सिबलको हिस्सा हुन पाएकोमा आफुलाई सम्मानित महसुस गर्छु। मेरा समर्थक र माया गर्ने हरेकलाई धन्यवाद छ।

प्रतिक्रिया दिनुहोस्