सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउ परिवारसँग नामक स्किमको लक्की–ड्र सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं।सिजीले ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउ परिवार संँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र सिजीको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको छ।

भदौ २० गतेदेखि लागू गरिएको यो योजनामा सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहार राखिएको थियो। असोज १६ गते गरिएको लक्की–ड्रमा सुनसरी खनारका भरत साह (९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२) गरी २ जोडीे थाइल्यान्ड जाने अवसर प्राप्त गर्नु भएको छ।

कम्पनीले यो योजना सीमित अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरू पनि बांकी रहेकोे बताएको छ।

प्रतिक्रिया दिनुहोस्