लाङटाङ र गोसाईकुण्ड मार्गमा पर्यटकको चहलपहल



सरस्वति न्यौपाने, रसुवा ।
पर्यटकीय क्षेत्र लाङटाङ र गोसाईकुण्ड मार्गमा विदेशी तथा स्वदेशीको चहलपहल बढिरहेको छ ।

वर्षाको समय सकिए लगतै घुम्नका लागी उपयुक्त समय भएका कारण यस मार्गमा विदेशी र स्वदेशीको चहल पहल देखिन थालेका छन ।

लाङटाङ राष्ट्रिय निकुन्जको ब्राबलचेक पोष्टमा नेपाली र विदेशी गरी दैनिक साढे दुई सय देखि ३ सयको हारा हारीमा साढे दुई सय देखि ३ सयको हाराहारीमा पर्यटक प्रवेश गरेको लाङटाङ राष्टिङ निकुन्ज ले जनाएको छ ।

निकुन्जका अनुसार यी मार्गहरुमा पर्यटक तामाङ सम्पदा मार्ग हेर्नका लागी लाङटाङ गोसाईकुण्ड जाने गर्छन भने निकुन्ज क्षेत्र भित्रका जैविक विविधता तामाङ कला र संस्कृति, लगाएतका विभिन्न क्षेत्रहरुको अवलोकन गर्ने छन ।

अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर र नोभेम्बर महिनामा पर्यटक आउने मुुख्य सिजन रहेको र राजधानी काठमाण्डौबाट ५ दिनमा क्याङजिन पुगेर आफ्नै गन्तव्यमा पुग्न सकिन्छ । छोटो पदमार्ग भएकाले लाङटाङमा पर्यटक को घुइचो लाग्ने गर्दछन ।

भुकम्प पछि लाङटाङमा घरहरु पुन निर्माण संगै पुरानै अवस्थामा पुगेको छ लाङटाङमा पर्यटक बस्नका लागी सुरक्षित होटल र घर समेत बनेका छन ।

यस्तै धार्मिक पर्यटकको हिसावले पवित्र तिर्थस्थल गोसाईकुण्ड स्वदेशी विदेशीहरु अत्याधिक जाने ठाउँ हो । यो पदमार्गमा विदेशी र नेपालीहरुको चहलपहल भइरहेको छ । गोसाईकुण्ड आन्तरिक तथा बाह्य पर्यटनको रोजाईमा पर्न थालेपछि व्यापार व्यवसाय पनि राम्रै रहेको होटल व्यवसाय सुब्बा लामा बताउछन ।

यस्तै धार्मिक पर्यटकको हिसावले तिर्थस्थल गोसाईकुण्ड स्वदेशी र विदेशीहरु अत्याधिक जाने ठाउँ हो । यो पदमार्गमा विदेशी र नेपालीहरुको चहलपहल भइरहेको छ । गोसाईकुण्ड आन्तरिक तथा बाह्य पर्यटक को रोजाईमा पनि राम्रै रहेको होटल व्यवसाय सुब्बा लामा बताउछन ।

प्रतिक्रिया दिनुहोस्