एमपिएलको उपाधी छापरीलाई



किरन धामी, दार्चुला ।

दार्चुला जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार भएको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधी मालिकार्जुन युवा क्लव छापरीले हात पारेको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको छापरीले ३ विकेटको क्षतिमा ब्याँस गाउँपालिका ६ लाई २४१ रनको लक्ष्य पेस गरेको थियो । २० ओभर पुरै खेलेको छापरीले ब्याँस ६ लाई ८६ रनले हराएको हो । प्रतियोगितामा ब्याँस १७ ओभर ५ बलमा अल आउट हुँदा १५४ रनमा समेटियो ।

प्रतियोगितामा छापरीका विरेन्द्र कार्की एक्लैले १०३ रनका बनाएका थिए । कार्की प्ले अफ दि सिरिज प्ले अफ दि टुर्नामेन्ट समेत घोषित भएका छन् । प्रतियोगिताका वेष्ट बलर छापरीका विरेन्द्र कार्की र दुहुँ गाउँपालिकाका दिपान्सु बम वेष्ट ब्याट्स म्यान घोषित भएका छन् ।

यो संगै छापरीले १ लाख ११ हजार १ सय ११ नगद तथा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बनेको ब्याँस गाउँपालिका ६ ले ४४ हजार ४ सय ४४ नगद शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वडा स्तरीय टी–ट्वान्टी क्रिकेट (एमपिएल) प्रतियोगिता दिपेन्द्र धामी स्मृति प्रतिष्ठान र शान्तिदीप युवा क्लवको संयुक्त आयोजनामा संचालन गरिएको प्रतिष्ठानका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो । प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्