सिभिल बैंकको पेप्सीकोलामा शाखा



काठमाडौं, (नेस)।सिभिल बैंकले काठमाडौ पेप्सीकोलामा शाखा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रताप जंग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुतm रुपमा गर्नुभयो।

शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकको संचालकप्रताप जंग पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका प्रदेश नं ३ का प्रदेश प्रमुख भोला बहादुर विष्टलगायतको उपस्थिति थियो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पार्नुभयो तथा कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर बिन्दु सिंखडाले सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाका हितलाई ध्यानमा राखी बचत परिचालनका योजना ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताउनुभयो।

सिभिल बैंकका सञ्चालक प्रतापजंग पाण्डेद्वारा इन्फिनिट एबीलिटी सेन्टरलाई २५ हजारको चेक पनि हस्तान्तरण गरिएको थियो। बचतकर्ताले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलोपटक ल्याएको सिभिल बैंकको शाखा संख्या सय र एटीएम संख्या ६५ पुगेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्