चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त



काठमाडौं । चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो ।

कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताइन् ।पर्यटनमन्त्री योगेश भट्टराईले अभिनेत्री सुले साथीभाइ र अरुलाई पनि नेपाल जान आग्रह गर्ने बताए ।

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्