काठमाडौंका २३ निर्माण सामग्रीका डिपो सञ्चालक प्रहरी फन्दामा

गुण्डानाइके बाघेसमेत पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

निर्माण सामाग्रीको परिणाम घटाएर उपभोक्ता ठग्ने गरेको पाएपछि प्रहरीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई पक्राउ गरेको छ ।

अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँमा सञ्चालित डिपो सञ्चालकलाई पक्राउ गरेको हो ।

उनीहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढु‌ंगाको परिणाम कम गरेर बेच्ने गरेका थिए ।

पक्राउ पर्नेमा गुण्डानाइके बाघेसमेत रहेका छन् । उनी जेबीएस सप्लायर्सका सञ्चालकसमेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्