सुनसान बन्यो समन्वय समिति



विमल विष्ट, डोटी ।
कुनै बेला निकै भिडभाड तथा चहल पहल हुने डोटी जिल्ला बिकास समितिको कार्यालय (हाल जिल्ला समन्वय समिति) मा अहिले प्राय सुनसान हुने गरेको छ । कार्यालयको नाम फेरीए संङ्गै सेवा ग्राहि पनि आउन छोडेपछि यो कार्यालयमा सुनसान बढेको हो ।

कार्यालयमा कुनैपनि सेवा ग्राहि नआउदा कार्यालयनै निसुरो हुने गरेको स्वयम कर्मचारीहरुनै बताउछन् । त्यस्तै कार्यालयको नाम फेरीए संङ्गै कर्मचारीहरु पनि अन्यत्रै कार्यालयमा सरुवा गरी गएकाले यहाँका अधिकांस कर्मचारीका कुर्सि पनि महिनौ देखी खाली अवस्थामा रहेका छन् ।
कार्यालयका आगन भरी रुखका पातहरु खसेर ढक मक्क परेका छन् । कार्यालयमा बाँकी रहेका केही कर्मचारीहरु घरी कार्यालय बाहिर तथा घरी कार्यालय भित्र गरेर दिन बिताउन थालेकाछन् । स्थानीय तहको पुःर्नसंरना संङ्गै अधिकार गाउँपालिका र नगरपालिकामा बिकेन्द्रित भएपछि जिल्ला विकास समितिको नाम जिल्ला समन्वय समिति राखिएको थियो ।

नाम परिवर्तन भएसँगै कार्यालयमा आउने सेवाग्राहीहरु पनि परिवर्तन भएका छन् । “पुराना उपभोक्ता समितिका पदाधिकारीहरु धरौटी रकम निकासाको सिफारिस माग्न आउने गर्छन्” जिल्ला समन्वय समितिका नायब सुब्बा हरिसुन्दर श्रेष्ठले भन्नुभयो, “गैरसरकारी संस्थाको नवीकरणका लागि सिफारिस माग्ने र ठेक्कापट्टाको इजाजत पत्र नवीकरण गर्नेहरु मात्रै आउँछन्,अरु आउने गरेका छैनन् ।”

उहाँका अनुसार त्यस्ता सेवाग्राहीहरुको संख्या पनि ज्यादै न्यून मात्रामा छ । योजना माग गर्ने, योजनाको फरफारक गर्ने लगायत कामहरुका लागि सेवाग्राहीले भरिभराउ हुने उहिलेको जिल्ला विकास समिति अचेल भने शान्त एवं सुनसान छ ।

“जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख ज्यूहरुसँग राजनीतिक कार्यकर्ताहरु भेटघाट गर्न आउँछन् र मान्छेको अनुहार देख्न पाइन्छ” समन्वय समितिको कार्यालयका अधिकृत खेमराज गुरुङले भन्नुभयो, “सेवाग्राहीहरुको त बाटो कुरेरै बस्नु पर्ने अवस्था छ ।”

प्रतिक्रिया दिनुहोस्