महानायक अमिताभ बच्चन अस्पताल भर्ना, लिभर क्यान्सरले समात्यो



एजेन्सी, बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका हुन् ।

बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चोट लागेको थियो ।

जतिबेला धेरै रगत बगेपछि ६० बोतल रगत चढाइएको थियो ।त्यो खतराबाट बचेपनि अहिले बच्चनलाई लिभर क्यान्सरले समातेको छ ।

प्रतिक्रिया दिनुहोस्