के तपाइका बच्चाहरु फोन धेरै चलाउँछन ? यसो गर्दा स्वास्थ्यमा खतरा !



एजेन्सी, दिन प्रतिदिन नयाँ प्रविधिको विकाससँगै बच्चाहरूले धेरै समयसम्म टिभी, कम्प्युटर तथा फोनमा बिताउने गरेको देखिन्छ । बच्चाहरूले लगातार टिभी हेर्न, कम्प्युटर, ट्याब्लेट, तथा स्मार्टफोन गेम खेल्न, भिडियो हेर्नका लागि समय बिताउँछन् ।

यदि ३ घण्टा भन्दा बढि समयका लागि बच्चाहरुले स्क्रिन हेर्ने गरेको भए सावधान रहन आवश्यक देखिन्छ । यसरि धेरै समय सम्म टिभी, मोबाइल तथा कम्प्युटरको स्क्रिनले बालबालिकाहरूको स्वास्थ्यमा हानी पुर्याउन सक्छ ।

एक रिपोर्टका अनुसार घण्टौसम्म टिभी तथा मोबाइलको स्क्रिनमा आफ्नो समय बिताउने गर्दा शाररिक रुपमा निष्क्रिय हुन्छन् । जसले गर्दा उनीहरूको शरीरको बोसो बढ्न गइ मोटोपनको सिकार हुने गर्छ । सानो उमेरमै मोटोपनाको समस्या भएका बच्चाहरूलाई मधुमेहको खतरा अत्याधिक हुने अर्काइव्स अफ डिजिज इन चाइल्डहुडमा प्रकाशित गरेको अनुसन्धानले पत्ता लगाएको छ ।

उक्त प्रकाशित गरिएको अनुसन्धानमा उल्लेख गरे अनुसार लण्डनमा ९ देखि १० वर्षका ४ हजार ५ सय बालबालिकामा गरिएको थियो । उक्त अनुसन्धानका अनुसार बालबालिकाले लगातार डिजिटल प्रविधिमा झुकाब राख्नाले उनीहरुमा मोटोपन बढ्दै गएको पाइएको छ । यसका साथै एकै ठाउँमा धेरै समय बिताउने गर्दा शरीरमा रहेको इन्सुलिन, पाचन ग्रन्थी तथा हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिदैन् । जसको कारण डायविटिज समेत लग्न सक्ने सम्भावना बढेर जान्छ ।

टिभीको स्क्रिन अगाडि धेरै समय बिताउने बालबालिकामा भने टाइप २ को डायविटिज लाग्ने सम्भावना अत्याधिक हुने पाइएको छ । डायविटिजका साथ साथै उनीहरुको आँखामा समेत समस्या आउन सक्ने चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्