नौविसे–नागढुंगा सडक शुक्रबार साँझसम्म एकतर्फी सञ्चालन



न्युज अफ नेपाल, काठमाडौं ।

नौविसे–नागढुंगा सडक शुक्रबार अपराहृनसम्म एकतर्फी मात्रै सञ्चालन हुने भएको छ ।

नौविसे–नागढुंगा सडकखण्ड अन्तर्गतको धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलीदेखि सिक्रखोलासम्म सडक मर्मतको काम भइरहेकोले सवारी आवागमन एकतर्फी सञ्चालन गरिएको हो । दिनभर एकतर्फी मात्रै सवारी सञ्चालन हुँदा शुक्रबार अझैं जाम हुने देखिएको छ ।

एकतर्फी सवारी सञ्चालनका कारण समस्या हुने भएकोले ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सवारी चालकलाई सचेत गराएको छ ।

साथै केही समस्या वा गुनासो भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्