ह्यान्डबलको छनोट



नेपाल समाचारपत्र, पोखरा।नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने ह्यान्डबल महिला तथा पुरुष खेलाडीको बिहीबार पोखरामा अन्तिम छनोट सम्पन्न गरिएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा हुने साग ह्यान्डबलतर्फ महिला र पुरुषतर्फ १६–१६ जना खेलाडी अन्तिम छनोटमा परेका हुन्।

नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपक सिं बोहोरा, सन्दीप कार्की, रण सिं रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आशिष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छनोट भए। महिलातर्फ बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आइता ल्हामु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा छनोटमा परेका हुन्।

छनोट समितिले पुरुष र महिलातर्फ ५–५ जना वैकल्पिक खेलाडीसमेत छनोट गरेको छ। महिलातर्फ वैकल्पिक खेलाडीमा जिना राई, साधना वम, विष्णा बोगटी, देवी श्रेष्ठ र मञ्जु राउत छन् भने पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रवीण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन्।

छनोट समितिमा नेपाल ह्यान्डबल संघका उपाध्यक्ष जीवन बस्नेत, नेपाल ह्यान्डबल संघका सचिव केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ प्mलोरेन्सियो, ह्यान्डबलका मुख्य प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशक हिमालराज दाहाल र वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण रहेका थिए।

प्रतिक्रिया दिनुहोस्