एनआईसी एसिया बैंक र वल्र्डलिङ्कबीच सम्झौता



एनआईसी एसिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स्बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ। सो सम्झौता बमोजिम एनआईसी एसिया बैंकका ग्राहकले असोज ३० गतेदेखि कात्र्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रुपियाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ।

साथै वल्र्डलिङ्कका ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नुहुनेछ। सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीू र वल्र्ड लिङ्कका प्रमुख वित्त अधिकृत सञ्जय कुमार साहले हस्ताक्षर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्