भिभोको ‘भी १७ प्रो’ बजारमा



भिभो कम्पनीले नेपाली बजारमा नयाँ उत्पादन ‘भी १७ प्रो’ मोबाइल सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रमका बीच इनोभेटिभ स्मार्टफोन ब्रान्ड, भी सिरिजको पोर्टफोलियोमा सो मोडल सार्वजनिक गरेको हो।

यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामेरा रहेको छ। सो मोबाइलमा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्याल्क, क्रिस्टल ह्वाइट र ह्वाइट कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ। ‘भी १७ प्रो’ को नेपाली मूल्य ५२ हजार चार सय ९० रुपियाँ तोकिएको भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘भी १७ प्रो’ सार्वजनिक गर्न पाउँदा ज्यादै उत्साहित भएको छु, भीभो भी सिरिजले सँगै क्यामेरा इनोभेसनमा अग्रस्थानमा जोड दिँदै आएको छ, अल न्यू भी १७प्रोले क्यामरा अनुभवलाई नयाँ उचाईमा पुर्याउनेछ।’

यो मोबाइलमा रहेको ड्युल पप–अप क्यामेराबाट रात र कम उज्यालो भएको ठाउँमा पनि सेल्फी खिच्न सकिन्छ भने ४८ मेगापिक्सेल एआई क्वाड मुख्य क्यामराले क्याप्चर इन डिलेट गर्न सकिने कम्पनीले जनाएको छ।

त्यसैगरी ब्रिङ दि वल्र्ड क्लोजर, एआई सुपर वाइड एगल क्यामरा, २०ः९ अल्ट्रा फूलभ्यू डिस्प्लेः ट्रली अनइन्टरप्टेड, सहज पर्फमेन्स, ड्यूल इन्जिन फास्ट चार्जिङ र ठूलो ब्याट्री र अल्टिमेट गेमिङ इक्सपेरिएन्सको लागि स्तरीकरण गरिएका गेम मोड जस्ता विशेषता मोबाइलमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्