पत्र रद्दी टोकरीमा



इस्तानबुल, (एजेन्सी)।टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले पठाएको पत्रलाई रद्दी टोकरीमा फालेको बिहीबार बीबीसीले जनाएको छ। सिरियाबाट अमेरिकी फौज फिर्ता बोलाइएपछि ९ अक्टोरबरको तिथि राखेर पठाइएको पत्रलाई बेवास्ता गरिएको हो।

ट्रम्पले एर्दोगानलाई सो पत्रमा कडा मान्छे र मूर्ख नबन्न आग्रह गरेका थिए। तुर्केली राष्ट्रपतीय सूत्रले एर्दोगानले पत्रलाई पूर्णरूपमा अस्वीकार गरिएको बीबीसी टर्किसले बताएको छ। टर्कीले सिरियाको सीमाक्षेत्रमा कुर्दिस नेतृत्वमा रहेको फौजलाई आक्रमण गरेकै दिन सो पत्र पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्