नाडेलाको तलब वृद्धि



वासिङ्टन, (एजेन्सी)।विश्वको चर्चित सफ्टवेयर कम्पनी माइक्रोसप्mटले आफ्नो कार्यकारी प्रमुख सत्या नाडेलाको तलबमा व्यापक वृद्धि गरेको छ। नाडेलाले आर्थिक वर्ष २०१९ मा ४ करोड २९ लाख डलर तलब पाउनेछन् जसमा धेरैजसो हिस्सा कम्पनीको सेयरबाट भुक्तानी हुनेछ। माइक्रोसफ्टको वार्षिक अनुमानित विवरणमा उक्त जानकारी राखिएको छ।

व्यापारिक टार्गेट हासिल गरेको र कम्पनीको सेयर मूल्य वृद्धि हुनुले सत्या नाडेलालाई पुरस्कार स्वरूप तलब वृद्धि गरिएको हो। आर्थिक वर्ष २०१८–१९ मा नाडेलाले हासिल गरेको तलब आर्थिक वर्ष २०१७–१८ को तुलनामा ६६ प्रतिशतले बढी हो।

 

प्रतिक्रिया दिनुहोस्