भारतीय विमान कब्जामा



नयाँदिल्ली, (एजेन्सी)।पाकिस्तानको लडाकू विमानले काबुल गइरहेको एक भारतीय विमानलाई आफ्नो हवाईक्षेत्रनजिकै करिब एक घण्टासम्म घेरेर राखेको बताइएको छ। स्पाइस जेटको उक्त उडानलाई पाकिस्तानका एफ–१६ लडाकू विमानले घेरेको र पाइलटसँग विमानको उचाइ घटाएर उडानको विस्तृत विवरण मागेका थिए।

यो घटना सेप्टेम्बर २३ को थियो। दिल्लीबाट काबुलको उडानमा रहेको स्पाइसजेटको एसजी–२१ विमानमा १ सय २० यात्री सवार थियो। यो घटना पाकिस्तानी हवाईक्षेत्र भारतका लागि बन्द गरिएको समयको थियो।

प्रतिक्रिया दिनुहोस्