नेपाली टोली बेइजिङको कार्यक्रममा



चीनको बेइजिङ डान्स एकेडेमीको आयोजनामा आज शुक्रबारदेखि आइतबारसम्म बेइजिङमा हुने वान बेल्ट वान रोड अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सवमा सहभागी हुन नेपाली कलाकारको एक टोली त्यसतर्फगएको छ।

शम्भुजित संगीत घर नेपालका अध्यक्ष तथा संगीतकार शम्भुजित बासकोटाको नेतृत्वमा १० जना कलाकारको टोली बिहीबार त्यसततर्फप्रस्थान गरेको हो। कार्यक्रममा नेपाली कालकारको नेपाली परम्परागत लोक नृत्य प्रस्तुत गर्ने संगीतकार बासकोटाले जानकारी गराए। ‘

कार्यक्रममा सहभागी हुन चीनका विभिन्न प्रान्त तथा अन्य देशबाट पनि सयौं कलाकार बेइजिङ आउने भएकाले हामीले सांस्कृतिक आदानप्रदान गर्ने अवसर मिल्ने आशा गरेका छांै’, बासकोटाले भने– ‘नेपाल सरकारले आगामी वर्ष मनाउन गइरहेको पर्यटन वर्ष २०२० को प्रवद्र्धनका लागि समेत हामी काम गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्