शीर छेदन गरि एक यूवाको बीभत्स हत्या



नानीराम नेपाल,सिन्धुपाल्चोक ।

जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका वार्ड न ५ गुन्सामा गएराती एक स्थानियको युवाको बीभत्स हत्या भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का बिजय गोलेको शीर छेदन गरि हत्या भएको हो ।

रातको करिव १०स्१५ मा विभत्स हत्या भएको भएको र शीर छेदन गरि छाडिएको अबस्थामा फेला परेको स्थानीयले जानकारी दिए । बिजय तत्कालीन नेकपा एमाले गुन्सा गाउँ कमिटी अध्यक्ष स्व । काजी गोलेको छोरा हुन् ।

लामाको बीभत्स हत्यापछी राती नै इप्रका मेलम्चीको प्रहरी टोली घटनास्थल पुगेर खोजीकार्य र अनुसन्धान गरिरहेको छ । गाउँपालिका अध्यक्ष टासी लामा राती नै घटना स्थलमा पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्