घुससहित पक्राउ परेका वन अधिकृतसहित दुईविरुद्ध मुद्दा दायर



काठमाडौं । सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी बर्दघाट (सुस्ता पश्चिम) का सहायक वन अधिकृतसहित दूई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । घुससहित पक्राउ परेका अधिकृत पर्शुराम चौधरी र मनोजकुमार शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई ६५ हजार घु् रकमसहित पक्राउ गरेको थियो ।

वन कार्यालय रहेको घरका घर धनि शर्माले डिभिजन वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाईदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए। यस्तै अधिकृत चौधरीले वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टर र ट्याक्टर चालकलाई छुटाई मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग घुस माग गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुविरुद्ध ६५ हजार विगो कायम गर्दै गभ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्