निर्णायकको भूमिका निर्वाह गर्दै ढकाल



न्युज अफ नेपाल, काठमाडौं ।

तेक्वान्दोका अन्तराष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल चीनको उहानमा सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगितामा (सिआइएसएम) निर्णायकको भुमिका निर्बाह गर्न चीन पुग्नुभएको छ ।

भोली शुक्रबारदेखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो । तेक्वान्दोका अन्तराष्ट्रिय निर्णायक ढकाल सबैभन्दा कम उमेरका अन्तराष्ट्रिय निर्णायक हुनुहन्छ । उहाले यस अघि तेक्वान्दोका विभिन्न खेलमा मुख्य निर्णायकको भुमिका निर्वाह गरिसक्नुभएको छ ।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १ सय ५ मुलुकका १० हजार ७ सय १९ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा दुई प्रदर्शनी खेल सहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३ सय २८ वटा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिनेछ ।

खेलकूदको माध्यमबाट मित्रता भन्ने नारालाई आत्मसात गरेको इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल सन् १९४८ फेब्रुअरी १८ मा स्थापना भएको हो । नेपालसहित विश्वका १ सय ४० देशका सेनाका सङ्गठन सदस्य रहेको उक्त काउन्सिलमा अमेरिकी महादेशका १९, अफ्रिकी महादेशका ४७, युरोपका ४२ र एशिया महादेशका ३२ मुलुक सदस्य छन् । काउन्सिललाई विश्व ओलम्पिक कमिटीले मान्यता दिएको छ ।

काउन्सिलको सबैभन्दा महत्वपूर्ण संरचनाको रुपमा गभर्नर परिषद छ भने प्रत्येक खेलको विकासका लागि प्रिसिडेन्ट परिषद्ले नेतृत्व गर्दछ । नियमितरुपमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन र खेलकूदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ । उहाले नेपाल मा हुने १३औ साफ गेममा समेत निर्णायको भुमिका निर्बाह गर्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्