आर्थिक छलाङको सुत्र



ठूलै चर्चा बटुल्दै चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आए। सरकारकै शब्दमा भ्रमण अत्यन्त सफल भएको छ, ऐतिहासिक भएको छ, देशको इज्जत प्रतिष्ठा उच्च भएको छ। संसारले चिनेका सी नेपाल आएसी भ्रमण ऐतिहासिक र सफल नहुने कुरै भएन।

अहिले चीन र सी पर्यायवाची शब्दझै भएका छन्। यो त्यसै भएको होइन। दिन रात नभनी काममा दत्त चित्त हुने चिनियाँका कारण छोटो अवधिमा सो मुलुकले आर्थिक छलाङ मारेको छ। यसपटकको सी भ्रमणमा नेपालले चिनियाँ शैली ‘फोटोकपी’ गर्यो।

सीको स्वागतमा रातारात काठमाडौं सिगारियो, अघिल्लो दिनसम्म उजाड देखिने क्षेत्रमा एक रातमै पार्क र हरियाली तयार भयो।

यस्तो देखेसी धेरैले सरकारको गुनगान गाउँदै भने– ‘ओहो कति राम्रो, गज्जब भयो, परिवर्तनका लागि धेरै समय कुर्नै पर्दैन।’

तर जब सी फर्किए, सडक किनारामा राखिएका बोट बिरुवा पनि जहाँबाट ल्याइएका थिए उसै गरी फर्किए। अर्थात् रातारात नर्सरी फर्किए। तीनकुनेको हरियाली अहिले ‘विजोग पार्क’मा परिणत भएको छ।

‘मेड इन चाइना, आज छ भोलि छैन’ भनेर कुनै बेला ठूलै आलोचना खेपेको चीनले आलोचनालाई छिचोल्दै आर्थिक छलाङ मार्या मार्यै छ।

चिनियाँ शैली अनुशरण गर्न खोज्या नेपाल भने अहिले सोझै फ्लप भाछ। डुब्लीकेट विकासले दुई दिन चीनलाई छारो हाल्दैमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार हुन्छ र भन्या ?

प्रतिक्रिया दिनुहोस्