सिटी एक्सप्रेसद्वारा टिभी उपहार



काठमाडौं, (नेस)।कुवेतस्थित सुदूरपश्चिमेली नेपाल समाज को दोश्रो वार्षिकोत्सव तथा अधिवेशन साथै बृहत् सांगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक भई सेप्टेम्बर २० मा ब्वाईज स्काउट एसोसिएसन हल हवाली, कुवेतमा कार्यक्रम सम्पन्न गरेको थियो।

सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीको उत्साहजनक सहभागी रहेको थियो। जसमा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो।

कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित हुनु भएको दर्शकमा लक्की ड्र सञ्चालन गरिएको थियो।

जसको बिजेता जयबहादुर थापा हुनु भएको थियो।थापाले उपहार स्वरुप सामसुङको ३२ इन्चको टिभी प्राप्त गर्नु भएको छ। सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो।

नेपालका लागि सामसुङ उत्पादनको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिसँग साझेदारी गरेको छ।

सम्झैता अनुसार कतार ,साउदी,कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्