ओपोको रेनो टु एफ बजारमा



नेपाल समाचारपत्र, काठमाडौं।ओपोले रेनो सिरिजअन्तर्गतको रेनो टु एफ नेपाली बजारमा ल्याएको छ। रेनो टु एफमा क्वाड क्यामेरा सेटअप, ८ जीबीर्याम, हिडेन फिंगर प्रिन्टलगायत फिचर्स छन्। ओपो रेनो टु एफले रेनो सिरिजको रचनात्मकता (क्रिएटिव) जिन आफूमा पनि समेटेको छ।

प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधार पनि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।ओपो रेनो टु एफमा यसपटक कम्पनीले क्वाड (चारओटा) क्यामेराको व्यवस्था गरेको छ।

फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन्।

अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ।

यसमा रहेका एफ १.७९ एपर्चर र १र२.२५ इन्च सेन्सरको सहायताबाट यो सम्भव भएको कम्पनीको भनाइ छ। ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.० का माध्यमबाट यसले जस्तो सुकै परिस्थितिमा उत्कृष्ट तस्विर खिच्ने क्ष्कम्पनीको दाबी छ।

रेनो टु एफमा कम्पनीले ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ। यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ। फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ।

यो ३० मिनेटमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ। ओपोले नेपालमा रेनोटु एफलाई ‘लेक ग्रिन’ र ‘स्काइ ह्वाइट’ गरी दुई रङमा सार्वजनिक गरेको छ। ४६ हजार ९९० रुपियाँ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्