यल कप कार्तिकमा हुने



नेपाल समाचारपत्र, काठमाडौं।ललितपुरको मंगल टोल सुुधार समितिको आयोजनामा ११ औं यलकप ब्याडमिन्टन प्रतियोगिता कार्तिक २ देखि कार्तिक ९ गतेसम्म हुने भएको छ।

मंगलबारस्थित आदर्श कन्या स्कुलको प्रांगणमा सञ्चालन हुने प्रतियोगितामा ललितपुरका विभिन्न वडाका ४२ टोलका करिब १ सय ६० जना खेलाडीले भाग लिने छन्। जसमा यु–१५ सिंगल, पुरुष मेन्स डबल्स, भेट्रान्स मेन्स डबल्स र मिक्स डबल्स इभेन्ट रहेका छन्।

यस प्रतियोगितामा १५ वर्ष मुनितर्फ शीर्ष तीन हुनेलाई क्रमशः ८ हजार, ४ हजार र २ हजार, मिक्स डबल्समा शीर्ष तीनले क्रमशः १५ हजार, ८ हजार र ४ हजार, मेन्स डबल्समा विजेताले क्रमशः ५० हजार, २० हजार र १० हजार, भेट्रान्स युगल शीर्ष तीनले क्रमशः १५ हजार, ८ हजार र ४ हजार रुपियाँ प्रदान गरिने छ। पुुरस्कारको राशि २ लाख १५ हजार रुपियाँ रहेको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्