तेल भण्डारमा आगलागी



लस एन्जलस, (एजेन्सी)।क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को खाडी क्षेत्रमा इन्धन भण्डारणमा भिषण आगलागीपछि त्यस क्षेत्रका करिब १२ हजार बासिन्दालाई सुरक्षित रहन अधिकारीले सचेत गराएका छन्। आगलागीले खतरनाक स्थिति उत्पन्न गराएकोले बासिन्दालाई झ्याल, ढोका बन्द गर्न भनेका छन्।

भिडियो फुटेजमा आगोको लप्का देखिएका छन् भने एक ट्यांकको ढक्कन हावामा उडेको थियो। दुईवटा ट्याँकबाट रासायन बगिरहेको देखिएको र त्यो अहिले पनि जलिरहेकै अवस्थामा रहेको दमकल विभागका क्याप्टेन जर्ज लेगले बताए। खतरनाक कणका कारण वायुको गुणस्तर खराब भएको सर्वसाधारणको जीवनमा खतरा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्