हुवावेको आम्दानी बढ्यो



बेइजिङ, (एजेन्सी)।अमेरिकाले कालोसूचीमा राखेको भएपनि चिनियाँ टेलिकम कम्पनी हुवावेलाई कुनै फरक नपर्ने देखिएको छ। कम्पनीले वर्षको पहिलो ९ महिनामा करिब ८६ करोड डलर आम्दानी गरिसकेको छ। यसको स्मार्टफोनको बिक्री पनि यस अवधिमा अकासिएको छ।

स्मार्टफोनको बिक्री २६ प्रतिशतले बढेर १८ करोड ५० लाख युनिट पुगेको छ। गत अगस्टमा हुवावेले अमेरिकी प्रतिबन्धको प्रभाव शुरूमा सोचेको भन्दा कम भएको बताएको थियो। विश्वकै सबैभन्दा ठूलो टेलिकम नेटवर्क निर्माताको ५ जी नेटवर्क प्रविधिलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ।

 

प्रतिक्रिया दिनुहोस्