कोफिन भेटिए



कायरो, (एजेन्सी)।पुरातत्वविद्ले इजिप्टको लक्जोर शहर नजिक बीस वटाभन्दा बढी प्राचीनतम काठका कोफिन फेला पारेको बुधबार पुरात्व मन्त्रालयले जनाएको छ। विश्व प्रसिद्ध नाइल नदीको किनारामा रहेको आसासिफको थेवन चिहानमा चहकिलो रंगले सजाइएका ती कोफिन फेला पारिएका हुन्।

तिनीहरूलाई दुई तहमा एकमाथि अर्को राखिएका थिए। मन्त्रालयले यो पछिल्ला वर्षमा फेला परेका अन्य मध्ये सबैभन्दा बढी पुरातात्विक महत्वको भएको दाबी गरेको छ। आगामी शनिबार आयोजना हुने पत्रकार सममलेनमा यसबारे विस्तृत विवरण सार्वजनिक हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्