ओरालो लाग्यो सुनको भाउ, तोलाको कति ?



न्युज अफ नेपाल, काठमाडौं ।

आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको छ । मंगलबार एकै दिन ६ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार र सोमबार चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्