काठमाडौंमा किन यती धेरै बफ मःम बिक्छ



मःम अत्यान्तै प्रख्यात खाजाको रुपमा लिइन्छ । नेपाली बजारमा त यो झन छ्याप्छ्याप्ती भेटिन्छ । रेष्टुरेण्टमा गएर खाजा अर्डर गर्न जति मेनु हेरेपनि नेपालीले अन्तिममा मःम नै माग्छन् । हुनपनि शहरमा मःमको माग धेरै छ ।

अहिले बजारमा बफ, चिकेन, मटन, भेज, पनीरलगायतका धेरै स्वादमा पाइने मःम पाइन्छ । यी मःमको परिकार फरक–फरक हुन्छन् । तपाईलाई थाहा नहुन सक्छ मःम बारे तलका अच्म्मका कुरा ।

– अहिलेसम्मको अध्ययन अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिक्ने मःम भनेको बफ मःम हो । त्यसपछि चिकेन मःम बिक्छ ।
– एक अध्ययनअनुसार, काठमाडौँ उपत्यकामा मात्र दैनिक डेढ करोड रुपैयाँको मःम बिक्री हुन्छ ।

– मःम पारखीको माग पनि अनेकौं देखिएका छन् । अध्ययन अनुसार अहिले काठमाडौं उपत्यकामा बनाना मःमको माग एकदमै बढ्दै गएको छ ।

– अध्ययन अनुसार काठमाडौँमा मःम मात्रै बेचेर करोडपति हुनेको संख्या ६० जनाको हाराहारीमा छ ।

– सबैलाई थाहा नहुने तथ्य के छ भने मःम बनाउन प्रयोग गरिने किमामा मासु जति नै मस्यौरा राखिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्