क्रिकेटमा मकवानपुरको महावीर



हेटौंडा, (नेस)।बाराको कलैयामा हुने राष्ट्रिय क्रिकेट प्रतियोगितामा मकवानपुरको तर्फबाट महावीर क्लबले प्रतिनिधित्व गर्ने भएको छ।प्रतियोगितामा सहभागी खेलाडीका लागि हेटौंडा–१४ अध्यक्ष दीपक खड्काले जर्सी सहयोग गरेका छन्।

उनले २५ हजार नगद बराबर रकम खर्चेर जर्सी सहयोग गरेका हुन्। त्यस्तै समाजसेवी केदार ओझाबाट १२ हजार र नवोदय बोर्डिङ स्कुल सञ्चालक दीपेश जोशीबाट १० हजार नगद प्रदान गरिएका छन्।

यसै गरी वडा–५ अध्यक्ष राजेश बानियाँ, सूर्य विनायक टेडर्स सञ्चालक प्रवीण साँगामी, क्यान केन्द्रीय सदस्य करण महत्रा, जिल्ला क्रिकेट संघ कोषाध्यक्ष अनुप सिनोरियाबाट ५–५ हजार नगद दिइएको थियो।यस्तै हेटांैडा सिमेन्टबाट ४ हजार र क्यान प्रदेश–३ सदस्य राजु गुप्ताले ३ हजार नगद प्रदान गरेको टिम प्रशिक्षक सञ्जय महर्जनले बताए।

महावीर क्लबका खेलाडीमा तक्षक सिम्खडा (कप्तान), उदित श्रेष्ठ, रामनरेश गिरी, सुमन सुनार, विपुल खनाल, निखिल श्रेष्ठ, विजय यादव, गौरव खड्का, शुभ कंसाकार, विशाल फुयाँल, सन्तोष उपाध्याय, राजन शाह, सुवर्ण भट्ट, पीयूष शर्मा, करण अग्रवाल, अभिषेक चौधरी, सुमित कँडेल र विमर्श ओझा छन् ।

प्रतिक्रिया दिनुहोस्