अजोड इन्स्योरेन्सले शेयर निष्काशन गर्ने



अजोड इन्स्योरेन्सले सय रुपियाँ अंकित मूल्यमा ३० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ। कम्पनीले यसका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गर्नुभयो।

अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपियाँ रहेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपियाँ हुनेछ।

प्रतिक्रिया दिनुहोस्