हिरो मोटरसाइकलको एक्स्पल्स २०० सार्वजनिक



हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले प्रिमियम मोटरसाइकल एक्स्पल्स २०० सार्वजनिक गरेको छ।

नेपालली बजारको लागि आफ्नो महत्वाकाक्षी प्रिमियम उत्पादन रणनीति लिएको हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को को मूल्य ३ लाख ८५ हजार कायम रहेको छ।

साहसिक बाइकिङ समूहअन्तर्गत पृथक र विशेषतायुक्त एक्स्पल्स २०० मोटरसाइक देशभरका नेपाल जेनरल मार्केटिङका डिलर कहाँ उपलब्ध हुनेछन्।

एक्सपल्स २०० बिक्री शुरु गरेको मात्र केही महिनाको अवधिमा नै यो भरतमा उच्च बिक्री हुने एडभेञ्चर बाइक बनिसकेको छ यसअघि सार्वजनिक भएका दुई मोटरसाइकल एक्सपल्स २०० एस र एक्सपल्स २०० टि नयाँ प्रिमियम समूहका मोटरसाइकलका साथ हिरो मोटरकर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्