विद्यार्थी मुक्त



आवुजा, (एजेन्सी)।उत्तरी नाइजेरियामा प्रहरीले एउटा इस्लामिक पाठशालामा बन्दी बनाइराखेका ६७ जनालाई मंगलबार मुक्त गरेको छ। प्रहरीका अनुसार ७ देखि ४० वर्ष उमेर समूहका ती विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिइएको छ।

गत महिना मात्र यसै विद्यालय नजिकको कादुना राज्यको अर्को विद्यालयबाट यस्तै हालतमा ३ सयभन्दा बढी विद्यार्थीको उद्धार गरिएको थियो। मुस्लिम बाहुल्य रहेको नाइजेरियामा अल्माजिरिस नामक यस्ता थुप्रै आवासीय इस्लामिक विद्यालय सञ्चालित छन्। तिनीहरूलाई सिक्रीले बाँधेर अमानवीय व्यवहार गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्