काठमाडौंमा हराएको मोटरसाइकल हेटौंडामा फेला



हेटौंडा, (नेस)। प्रदेश–३ प्रहरी कार्यालय हेटांैडाले काठमाडौं महानगरबाट हराएको मोटरसाइकल हेटौंडामा सम्बन्धितलाई बुझाएको छ। सिरहा लहानका अजितकुमार यादवको असोज १३ गते बा९२प ३०३ नम्बर मोटरसाइकल काठमाडौं महानगरपालिका–३२, भाटभटेनी सुपरमार्केटबाट हराएपछि मोटरसाइकल चोरी भएको भनी काठमाडौं बग्गीखानामा यादवले निवेदन दिनुभएको थियो।प्रहरीले मोटरसाइकल खोजीलाई तीव्र बनाएपछि प्रदेश प्रहरी कार्यालय हेटौंडाले सामुदायिक अस्पतालको पार्किङस्थलमा मोटरसाइकल फेला पारेको हो।

पिरामिड इञ्जिनिरिङ कन्सल्टेन्सी प्रालि ललितपुरको नाममा रहेको मोटरसाइकल फेला पारी उक्त कन्सल्टेन्सीका प्रोप्राइटर तथा सवारी धनी यादवलाई मकवानपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले हस्तान्तर गर्नुभयो। मोटरसाइकल चोरिएको पक्का भए पनि कसले चोरी गरे र हेटौंडामा कसरी ल्याइयो भन्ने विषयमा थप अनुसन्धान गरिने ट्राफिक प्रमुख ढकालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्