खोला तर्ने क्रममा २ जना बेपत्ता



गुल्मी, (नेस)।गुल्मीमा बडीगाड खोला तर्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका–५ तिलारा निवासी २१ वर्षीय दीपक विक, पाँच वर्षीया गरिमा विक बडिगाड खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो।

मंगलबार छल्दी र बडिगाड खोलाको दोभान भन्ने स्थानमा खोलामा खोला तर्ने क्रममा तीन जना बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्तामध्ये सात वर्षीय किसान विकलाई स्थानी माछा मार्नेले देखेर उद्धार गरेका प्रहरी निरीक्षक रावलले बताउनुभयो। बगेर बेपत्ता भएका दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्