नेपाल समाचारपत्रकर्मी बोहरा बिरामी



काठमाडौं, (नेस)। नेपाल समाचारपत्र हुम्ला संवाददाता तथा नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहरा मस्तिष्क घातका कारण गम्भीर बिरामी हुनुहुन्छ। उहाँ काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालको आईसीसीयू कक्षमा उपचाररत हुनुहुन्छ।

बोल्न र हिँडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै उहाँलाई उपचारका लागि काठमाडौं ल्याइएको पारिवारिक स्रोतले जानकारी दिएको छ। दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको परिवारले जनाएको छ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा तथा कामना न्यूज पब्लिकेसन्स् परिवारले उहाँको स्वास्थ्यलाभको कामना गरेको छ। यसैबीच नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विज्ञप्ति प्रकाशित गरी बोहराको उपचारमा आर्थिक सहयोग अपिल गरेको छ।

इच्छुक सहृदयी मित्रहरूलाई उहाँका दाजु विष्णु बोहराको नाममा रावा बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ। उहाँको उपचारमा सहयोगी हातको खाँचो रहेको छ।

प्रतिक्रिया दिनुहोस्