वृद्ध मृत फेला



रामेछाप, (नेस)। जिल्लाको मन्थली नगरपालिका–१२ गेलुमा एक वृद्ध सोमबार मृत अवस्थामा भेटिएका छन्। गेलु घर ुभएका अन्दाजी ६५ वर्षका बिकबहादुर कार्की आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ।

आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएका कार्कीको टाउकोमा चोट लागेको र उहाँको शरीरमा रगतसमेत लतपत्तिएको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए।

प्रहरी प्रवक्ता पौडेलका अनुसार प्रहरीलाई सोमबार दिउँसो कार्की आफ्नै घरमा मृत रहेको भन्ने खबर आएको भए पनि कार्कीको आइतबार रातिनै मृत्यु भएको हो।कार्कीको टाउकोमा चोट देखिएको र रगतसमेत बगेको अवस्थामा शव भेटिएकाले उहाँको हत्या भएको हुन सक्ने प्रहरीको दाबी रहेको छ। अनुसन्धानको लागि घटनास्थल नजिकका दुई जनालाई नियान्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताए।

 

प्रतिक्रिया दिनुहोस्