एनआरएनएमा असन्तुष्टि बढ्दो

राजनीतिक समूहजस्तो बन्यो : संस्थापक अध्यक्ष महतो



परिवर्तन देवकोटा, काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको राजनीतिक अन्तरविरोध छताछुल्ल भएको छ। संघको मंगलबारदेखि काठमाडौंमा जारी नवौं महाधिवेशनमा अधिकांश उम्मेदवारहरू राजनीतिक पृष्ठभूमिबाट आएको भन्दै यसका केही अभियन्ताहरूले असन्तुष्टि पोखेका छन्।

संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गराउन स्थापित संस्थामा राजनीति बढ्दै गएकोमा रोष प्रकट गर्दै संस्थापक अध्यक्ष महतोले प्रतिप्रश्न गर्नुभयो– ‘विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप, क्षमता तथा पूँजीलाई मातृभूमिको विकासमा लगाउनुपर्ने संस्था नै राजनीतिक समूहजस्तो बनेपछि देशको विकास कसरी हुन्छ?’

यसको अग्रपंक्तिमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नै देखिनुभएको छ। उहाँले राजनीतिक खिचातानी बढेको भन्दै मंगलबार सम्मेलन नै बहिष्कार गर्नुभयो।यस विषयमा नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले संघमा पछिल्लो समय राजनीति मौलाउँदै गएकाले आफू यसविरूद्ध उत्रेको प्रतिक्रिया दिनुभयो। ‘अनावश्यक राजनीतिक हस्तक्षेप बढेकाले उपस्थित नभएको हुँ, पहिलेभन्दा यसपटक राजनीति बढी नै भएजस्तो लाग्यो।’ –महतोको भनाइ थियो।

संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गराउन स्थापित संस्थामा राजनीति बढ्दै गएकोमा रोष प्रकट गर्दै संस्थापक अध्यक्ष महतोले प्रतिप्रश्न गर्नुभयो– ‘विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप, क्षमता तथा पूँजीलाई मातृभूमिको विकासमा लगाउनुपर्ने संस्था नै राजनीतिक समूहजस्तो बनेपछि देशको विकास कसरी हुन्छ?’

महतोजस्तै धेरै अभियन्ता राजनीतिक खिचातानीप्रति असन्तुष्ट छन्। उनीहरूमध्ये कतिपयले एनआरएनएको सदस्यता बन्न राखिएको लचिलो प्रावधानले विकृति भित्रिएको तर्क गरेका छन्। जस्तोसुकै व्यक्ति पनि एनआरएनमा प्रवेश गरेको र वास्तविक लगानीकर्ता ओझेलमा पर्दै गएको उनीहरूको गुनासो छ।

यद्यपि एनआरएनएका पूर्वअध्यक्ष जिवा लामिछाने र देवमान हिराचनलाई भने संघमा पार्टी कार्यकर्ताहरू हावी भएको जस्तो लागेको छैन।यसमा कुनै सत्य नभएको दाबी गर्दै लामिछानेले भन्नुभयो– ‘उनीहरू एनआरएनएमा आबद्ध हुनुहुँदैन भन्ने कुरा हुन्न, हावी नै हुने गरी कोही बसेका छैनन्।’

सदस्यतासम्बन्धी प्रावधान सरल भएकाले केही विकृति देखिएको स्विकार्दै हिराचनले भन्नुभयो– ‘संख्या धेरै हुनु राम्रो भए पनि त्यसबाट निस्कने विकृतिबाट भने जोगिनु नै पर्छ।’अहिले नै राजनीति हावी भएको भन्न नमिल्ले बताउँदै नेपाल समाचारपत्रसँग उहाँले थप्नुभयो– ‘लोकतान्त्रिक मुलुकमा राजनीति त भइहाल्छ नि, यो सामान्य हो।’ आज बुधबारसम्म चल्ने एनआरएनएको उक्त सम्मेलनले दुई वर्षका लागि नयाँनेतृत्व चुन्नेछ।

 

प्रतिक्रिया दिनुहोस्