नेपाल प्रहरीमा थपियो दरबन्दी, कुन पदमा कति जनाको थपियो ?



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको छ । थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ४७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) छन् । एसएसपी बढुवा गरेर गौतम बुद्ध विमानस्थल सुरक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम र ब्याण्ड बाजाको नेतृत्व दिने प्रहरी तयारी छ ।

यस्तै८६ जना प्रहरी नायब निरीक्षक (सई), २ सय ९७ जना प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ जना प्रहरी हवल्दार, २ हाजार २ सय १६ जना प्रहरी जवान र ३ हजार ५ सय ९६ जना कार्यालय सहयागीको दरबन्दी थप भएको छ ।

थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।

हाल प्रहरीमा जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ को दरबन्दी छ । तीमध्ये करिब ४ हजारको अझै पदपूर्ति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्