रामेछापमा एक बृद्ध मृत भेटिए



रामचन्द्र वि.क.,रामेछाप ।
जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा एक वृद्ध सोमबार मृत अवस्थामा भेटिएका छन् । गेलु घर भएका अन्दाजी ६५ वर्षका बिक बहादुर कार्की आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएका कार्कीको टाउकोमा चोट लागेको र उनको शरीरमा रगत समेत लतपत्तिएको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

प्रहरी प्रवक्ता पौडेलका अनुसार प्रहरीलाई सोमबार दिउँसो कार्की आफ्नै घरमा मृत रहेको भन्ने खबर आएको भए पनि कार्कीको आइतबार रातीनै मृत्यु भएको हो ।

कार्कीको टाउकोमा चोट देखिएको र रगत समेत बगेको अवस्थामा शव भेटिएकाले उनको हत्या भएको हुन सक्ने प्रहरीको दाबी रहेको छ । अनुसन्धानको लागि घटनास्थल नजिकका दुई जनालाई नियान्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्