फेरी बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?



न्युज अफ नेपाल, काठमाडौं ।

मंगलबार सुनको भाउ फेरी ७ सयले बढेको छ । सोमबार ७० हजार रुपैयाँमा कारोबार भएको सुन भाउ मंगलबार ७ सयले बढेर ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै छापावाल सुन तोलामा ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।

सोमबार तोलाको ८ सय ४५ मा कारोबार भएको चाँदी मंगलबार तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्