बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साह त्रिभुवन बिमानस्थलबाट पक्राउ



काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन्।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सांसद साहलाई आज पक्राउ गरिएको महानगरिय प्रहरीले जनाएको छ ।

सांसद साहले सोमबार विमान ढिलो भएको भन्दै जनकपुरस्थित बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्