रासायनिक कारखाना विस्फोट हुँदा चारको मृत्यु



नानिङ ।  दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

क्षेत्रीय आपतकालिन व्यवस्थापन विभागका अनुसार युलिन शहरको लुचुआन काउन्टीमा रहेको रासायनिक कारखानामा स्थानीय समयअनुसार मङ्गलबार बिहान ११ बजे विस्फोट भएको थियो ।

यस विस्फोटमा परी दुई जना गम्भीर घाइते र अर्का एक सामान्य घाइते भएका जनाइएको छ । सिन्हवा

प्रतिक्रिया दिनुहोस्