बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद बिरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौँ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद प्रमोदकुमार साहविरूद्ध आज पक्राउ पूर्जी जारी गरेको हो।

सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए।

समयमा जहाज नआएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेका थिए।

उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्