पारसले दिए कप्तानबाट राजीनामा



न्युज अफ नेपाल, काठमाण्डौ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै खड्काले राजीनामा दिने घोषणा गरेका हुन् ।

खड्काले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै आएका थिए । पारसको कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टी(ट्वान्टी सिरिज जित हासिल भएको छ ।

प्रतिक्रिया दिनुहोस्